Skin_Hospital_Dhn

कजरिया टायल बन्यो सुदूरपश्चिम महोत्सवको टिकट प्रायोजक

धनगढी: सुदूरपश्चिम महोत्सव २०८१ को टिकट प्रायोजक कजरिया टायल बनेको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा यहीँ मंसिर २२ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम महोत्सवको टिकट प्रायोजकमा कजरिया टायल बनेको हो।

संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको टिकट प्रायोजक कजरिया टायल बनेको बताए। उनले यसपालिको महोत्सव पनि उत्कृष्ट रहने र थप रोचक हुने समेत बताए ।कुँवरका अनुसार महोत्सवको ५० प्रतिशत तयारी पूरा भइसकेको छ।

उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिसकिएको जनाइएको छ। महोत्सवको तयारीका लागि संघका अध्यक्ष कुँवरसहितको टिम काठमाडौँमा व्यस्त रहेको छ। महोत्सवको १८औँ संस्करण मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ।

Loading...