Skin_Hospital_Dhn

सुदूरमा पहिलो पटक निजी क्षेत्र द्वारा विभिन्न सेवामा सङ्लन्न महिलाहरू सम्मानित

धनगढी  । सुदूरपश्चिममा पहिलो पटक निजी क्षेत्र द्वारा विभिन्न सेवामा सङलग्न महिलालाई सम्मान गरिएको छ ।

 

धनगढी उपमहानगरपालिका ४ को सहिद गेट नजिक रहेको सौराई स्क्वायरले १ सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने महिलाहरूलाई सम्मान गरेको हो।

 

सौराई स्क्वायरले महिला अधिकार , शिक्षा , स्वास्थ्य , व्यवसाय , सुरक्षा ,पत्रकारिता र मानव सेवा जस्ता क्षेत्रमा काम गरिरहेका धनगढीका ९ जना महिलाहरूलाई सम्मान गरेको छ।

 

सुदूरपश्चिममा निजी क्षेत्र बाट विभिन्न सेवामा सङलग्न महिला सम्मान गर्ने सौराई स्क्वायर पहिलो संस्था भएको छ । यसरी निजी क्षेत्र नाफा मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सहभागी हुँदा एउटा फरक संस्कारको अभ्यास भएको पनि देखिएको छ ।

 

नारी दिवसका अवसरमा सम्मानित हुनेमा महिला अधिकार क्षेत्र बाट निर्मला बागचन्द, मानव सेवा बाट सरिता कठायत, व्यवसाय बाट गोबिन्दी भट्ट, पत्रकारिता बाट उन्नति चौधरी र रमा चन्द त्यस्तै सुरक्षा बाट भागरती कुँवर, स्वास्थ्य बाट गीता आले र शिक्षा बाट सुजित कौर र रुपा राई रहेका छन् ।

 

९ वटै महिलाहरूलाई धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले प्रमाणपत्र तथा नगद प्रदान गर्दै सम्मान गरेकी हुन् । सम्मान पत्र वितरण गर्दै रानाले अबको विकास मानवीय विकास रहेको बताइन् । मानवीय विकास भए मात्रै हरेक नारीले स सम्मान जिउन पाउने बताउँदै उनले नारीको सम्मानका लागी अन्तरक्रिया तथा सचेतनात्मक काममा उप महानगरपालिका लागेको जानकारी दिइन्।

 

सौराई स्क्वायरका प्रबन्ध निर्देशक उमेश बिक्रम शाहले सामाजिक उत्तरदायित्व बहन गर्दै नारी दिवसको अवसरमा धनगढीका केही महिलाहरूलाई सम्मान गरेको बताए। साथै यस किसिमको कार्यक्रमले महिलाहरूलाई प्रोत्साहन तथा हौसला प्रदान हुने उनले बताए । अहिले सुरुवात भएकाले आगामी बर्षबाट पुरस्कारको को दायरा बढाउने शाहले बताए । कार्यक्रममा वरिष्ठ पत्रकार उमिद बागचन्द लगायतले आफ्ना मन्तव्य राखेका थिए।

 

यो सँगै सौराई स्क्वायरले श्रमिक महिलाको कदर भन्दै आफ्ना ४ जना महिला कर्मचारीलाई नगद सहित सम्मान गरेको छ ।
साथै सौंराई नारी सम्मान पुरस्कारको प्रायोजन नेपाल बैंक लीमिटेड, सेतो बाग भोड्का, नेपाल आइस नेचुरा, बिबेक फिडले गरेका थिए ।
Loading...