Skin_Hospital_Dhn

कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’

पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ मा विजयी भएकी छन् ।

मंगलबार साँझ सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार सात सय ८८ मत ल्याएर विजयी भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । कांग्रेसका गच्छदारले ३५ हजार ६ सय मत पाए ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत प्राप्त गरे । २०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’ लागेको हो ।

त्यसैगरी सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) मा एमालेका रामदेव यादव निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विन्देश्वर यादवलाई पाँच सय ८८ मतान्तरले पराजित गरे । रामदेवले १९ हजार चार सय ७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका विन्देश्वरले १८ हजार आठ सय ९१ मत प्राप्त गरेका थिए ।

सम्बन्धित
Loading...