Skin_Hospital_Dhn

आईसीसी विश्वकप लिग–२ : पपुवा न्युगिनी नेपालसंग टस जितेर बलिङमा

काठमाडौँ ।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरीजको आज (बिहीबार) भइरहेको ओडिआई खेलमा पपुवा न्युगिनी टस जितेर बलिङमा गएको छ ।

टियू क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । खेल सुरु भएको छ ।

यसअघि फागुन १९ मा भएको खेलमा पपुवा गिन्हीलाई नेपालले हराएको थियो । पपुवा न्युगिनीले दिएको एक सय ८० रनको टार्गेट पछ्याउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जीत हासिल गरेको थियो ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज पुनः हुने खेलका लागि नेपाली खेलाडीको सुची सार्वजनिक गरिसकेको छ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक छ।

नेपाली टोली
रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भिम सार्की, ललित राजबंशी ।

बेञ्चमा – सन्दिप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद रहेका छन् ।

सम्बन्धित
Loading...