
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपले ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेसंगै गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुने सम्भावना प्रवल बन्दै गएको छ । आज (बिहिबार) बिहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।

रास्वपाको यो निर्णय गरेसंगै आज (बिहिबार) बिहान १० बजेदेखि प्रारम्भ भएको राष्ट्रपति को निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुने सम्भावना प्रवल बन्दै गएको छ ।

यसैबीच, मतदानस्थलबाट प्राप्त जानकारी अनुसार दिउँसो १२ बजेसम्म ६०३ जना सांसदले मतदान गरिसकेका छन् । संघीय संसदका २६७ तथा प्रदेश सभाका ३३६ जना सदस्यले मतदान गरेका हुन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि मतदान भइरहेको छ । संघीय संसद् र प्रदेशसभा सदस्य गरी ८८३ जना मतदाता रहेका छन् ।
