Skin_Hospital_Dhn

बझाङको बित्थडचिर गाउँपालिकामा होमस्टे व्यवस्थापन तालीम सुरु

बझाङ ।
बझाङमा ७ दिने होमस्टे व्यवस्थापन तालिम सुरु भएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत रहेको नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान, रबि भवन, कालीमाटी, काठमाडौँको आयोजना र बित्थडचिर गाउँपालिकाको सहकार्यमा ७ दिने होमस्टे व्यवस्थापन तालिम सुरु भएको हो ।

होमस्टे व्यवस्थापन तालीममा ३१ जना विभिन्न वडा बाट सहभागी भएका छन् । आज (बिहीबार) औपचारिक कार्यक्रमका बिच उद्घाटन भएको छ । कार्यक्रमको सभापति तालिम संयोजक, प्रशिक्षक समिक शर्मा र प्रमुख अतिथि बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्ल तथा विशिष्ट अतिथि बित्थडचिर गाउँपालिका प्रवक्ता हरिश्चन्द्र जोशी रहेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका प्रवक्ता हरिश्चन्द्र जोशीले बित्थडचिर गाउँपालिकाको सांस्कृतिक ,पर्यटकीय क्षेत्रको विकासको लागी होमस्टे तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । तालिम कार्यक्रममा अतिथि सत्कार, सरसफाइ, रैथाने खाना पकाउने, सांस्कृतिक कार्यक्रम, पाहुनालाई हाइकिङ गराउने, पाहुनाको स्वागत/बिदाइ, पर्यटनको परिचय, होमस्टे व्यवस्थापन र सञ्चालन, स्वास्थ्य समस्या, खाद्य तयारी, उत्पादन प्रयोग र संरक्षण, पकाउने विधि आदिका विषयमा प्रशिक्षण दिने तालिम संयोजक, प्रशिक्षक समिक शर्माले बताए ।

बित्थडचिर गाउँपालिकाको बित्थड नयाँ गन्तव्यको रूपमा पहिचान बन्ने बित्थडचिर गाउँपालिकाका उपाध्यक्ष धनलक्ष्मी मल्लले बताए ।

सम्बन्धित
Loading...