
धनगढी । सामाजिक अभियन्ता रिता शाहीले महिला दिवस बाजुरा, बझाङ जस्तो दुर्गममा मनाउनुपर्ने बताएकी छिन् । १ सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा धनगढी लेडि जेसिजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भनिन् ‘सुदूरपश्चिमको अछाम, बाजुरा, बझाङ जस्तो ठाउँको दिदिबहिनीहरुलार्इ के नारी दिवस भन्ने थाहा छ होला त उहाँहरूले पनि आज हामी जस्तै नारी दिवस बनाउन पाएका छन् त रु त्यसैले आगामी दिनहरूमा यस्तै कार्यक्रमहरू आयोजना गरेर कहिल्यै बाजुरा, बझाङ त्यस्तो दुर्गम ठाउँमा जानुपर्छ’ ।

उनले काठमाडौँमा रहँदा काठमाडौँका मानिसहरूले भनेका कुरा सुनाउँदै भनिन् ‘हामी यस्तो कार्यक्रमहरूमा सामेल हुँदै गर्दा म धेरै कुरा सुन्छु । तपाईँहरूको सुदूरपश्चिममा त सङ्घसंस्था धेरै छ नि है, तपाईँहरूको सुदूरपश्चिममा त महिला हिंसा धेरै हुन्छ नि है, बेला बेला छाउगोठमै महिनावारीका बेला मरेका धेरै समचारहरु आइराको हुन्छ, सुत्केरी भएका बेला सुत्केरी गोठमै बितेको धेरै समाचारहरू आइराको हुन्छ, तपाइको सुदूरपश्चिममा त अझै पनि कति विभेद रैछ, भन्ने त्यस्तो खालको कुराहरू सुनिराको हुन्छु । त्यो सुन्दै गर्दा आफ्नो मन एकदम घचक्क हुन्छ, बडा नरमाइलो लाग्छ’ ।

हामीले हरेक वर्ष राष्ट्रिय महिला दिवस मनायौ आज हामी ११३औ मा आइसक्यौ तर हामीले अहिले ११३औ मा मनाएको महिला दिवसले चाहिँ ११४औ मा त्यसको के प्रभाव पा¥यौ भनेर खासै खोजमूलक अनुसन्धान हामीले गरेका हुँदैनौ त्यसैले कुरा र व्यवहार एउटै हुन जरुरी छ ।
