Skin_Hospital_Dhn

स्ववियु निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुदै

काठमाडौं ।
स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज (शुक्रबार) उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ।

फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो ।

त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समितिका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनय पत्र वितरण गर्ने कार्यक्रम तय भएको छ ।

उम्मेदवारको नामावली पनि भोलि नै प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।

सम्बन्धित
Loading...