गगन थापालाई प्रधानमन्त्री बनाउन तिर लागे बिश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् । झापा–१ बाट नवनिर्वाचित भएका प्रतिनिधिसभा सदस्य शर्माले मंगलबार थापालाई उनकै घरमा गएर बधाई दिँदै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

महामन्त्री थापा काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यमा चयन भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सीधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरेका हुन् ।

उनले थापा पटक–पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेकाले देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि सक्षम रहेको बताए ।

आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको बरु प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको विश्वप्रकाश शर्माले बताए ।

सम्बन्धित
Loading...