Skin_Hospital_Dhn

राष्ट्रपति चुनावबारे रास्वपाको तीन बुँदे स्पष्टीकरण

काठमाडौं ।
रास्वपाले हिजो (बिहीबार) सम्पन्न राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएकोबारे तीन बुँदे स्पष्टीकरण दिदै पार्टीको निर्णय नभएर सांसदहरूको रोजाइमात्रै भएको जनाएको छ । रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले पौडेललाई मत दिने पार्टीको निर्णय नभएर सांसदहरूको रोजाइमात्रै भएको बताएका छन् ।

सबै सांसदहरूले पौडेललाई मत दिने निर्णय गरेर पार्टी एकढिक्का रहेको सन्देश दिएको उनको भनाइ छ । ‘स्वविवेकको निर्णय गर्ने कि भन्ने विषयमा सासंदहरूबीच भएको छलफलपछि आफ्नो विवेकको प्रयोग गरी पार्टीको बिना कुनै दबाब नै मतदान गर्नु भएको हो । उहाँहरूले छलफललाई आधार बनाएर पार्टी एक ढिक्का छ भन्ने सन्देश दिनुभयो जसप्रति पार्टी आफ्ना सासंदप्रति गर्व गर्छ’, ढकालले भनेका छन् ।

उनले आफूहरूले गैरदलीय राष्ट्रपति निर्वाचित हुन नसक्ने अवस्थामा राष्ट्रपतिको चुनावमा भागै नलिने विषय उचित नहुने भएकोले मतदानमा सहभागी भएको समेत प्रष्ट पारेका छन् ।

सम्बन्धित
Loading...