
धनगढी । सुदूरपश्चिम प्रदेशका ट्राफिक प्रमुख (प्रहरी उपरीक्षक) नेत्र मणि गिरीले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन गर्ने प्रमुख पाटो नै सहरदेखि गाउँसम्म सचेतना फैलाउनु रहेको बताएका छन् । ‘चालकको लापरबाही बिना दुर्घटना हुने सम्भावना एकदमै कम हुने हुँदा दुर्घटनालाई न्यूनीकरण गर्न सचेतना कार्यक्रम नै एक विकल्प हो किनकि चालकले आफ्नो ध्यान दायाँबायाँ दिएन भने देखी दुर्घटना हुने सम्भावना एकदम कम हुने भएको हुनाले हामीले यो सचेतना कार्यक्रमलाई नै जोड दिएका छौ’ उनले भने ।

दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको समस्या समाधानको लागि सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रमुखको जिम्मेवारी सम्हाले पछि तपाँले देखेको अवस्था र तपाईँको योजना के कस्तो छ भन्ने प्रश्नमा उनले नयाँ सन्देश सँग भने ,

‘सवारी दुर्घटना हुने सम्भावित स्थानहरूमा सचेतना बोर्डहरू रहेनछन् ती स्थानहरूमा २०० को हाराहारीमा नौ जिल्लामा राख्यौ । त्यसपछि रातो नं। प्लेटका गाडीहरूले र इन्डियन गाडीहरूले यात्रुहरू बोक्छन् भन्ने जुन गुनासो आएको थियो त्यसलाई निरुत्साहन ग¥यौ । र विभिन्न स्थानको डाटा लिँदा त्यसरी यात्रु नै बोकेको त हामीले महसुस गरेनौ । १ हप्ताको डाटा हेर्दा १४ ओटा गाडीहरू भन्दा धेरैले चैँ त्यसरी बोकेको देखिएन । यदि त्यसरी बोकेकै छ भने पनि त्यसलाई निरुत्साहित गर्ने हाम्रो योजना छ । यो सार्वजनिक यातायातका सवारी साधनमा मालवाहकका सामानहरू लैजान्छन् भन्ने गुनासाहरूको आधरमा त्यो कुरालाई पनि हामीले कडाइका रूपमा हेरिराखेका छौ । मा।प।से। लगायतका पहिले देखी नै हुँदै आएका चेकिङहरूलाई निरन्तरता दिने हाम्रो कार्यक्रम नै छ । र सवारी दुर्घटनाको मुख्य कारण भनेको चालकको लापरवाही नै देखिएको हुँदा चालकहरूलाई चैँ लेन अनुशासन पालना गर्न भन्ने, बस्ती एरियामा उनीहरूको स्पिडलाई कम गर्न भन्ने र लाइटहरू चैँ सही तरीकाले प्रयोग गर्ने । ती कुराहरू चैँ हामीले लगीरहेका छौ । यो महिनाको मात्रै कुरा गर्दा २० गतेसम्ममा हामीले २७० को हाराहारीमा सचेतना कार्यक्रम गरेका छौ । र यो महिनाको अन्तिमसम्ममा ३०० भन्दा माथि हामीले सचेतना कार्यक्रम गर्छौ । र ती सचेतना कार्यक्रमले नै हाम्रो दुर्घटना न्यूनीकरण हुने भएको हुँदा तिनै प्रोग्रामहरूलाई हामीले अगाडी लैजान्छौ ‘।
आम जनमानसलाई एसपी गिरीले दुर्घटना नै मृत्युको ,अङ्गभङ्ग हुनुको मुख्य कारण भएको बताउँदै ट्राफिक नियमलाई अवज्ञा नगर्न अनुरोध गरेका छन् ,उनी भन्छन् मैले देखेको कतिपय मान्छेहरू दुर्घटनामा पर्दा न मर्न सकेको न सुखसँग बाच्न सकेका छन् त्यस कारणले ट्राफिक नियम चैँ हामीले पालना गर्नुपर्ने देखिएको छ । बिना हेलमेट हिँड्ने, ३ जना सवार हुने, तीव्र गतिमा गाडी चलाउने यी कारणले गर्दा चाहिँ कयौँ मान्छेहरूको ज्यान पनि गएको छ । त्यस कारण ट्राफिक नियमलाई पालना गर्नुपर्ने अवस्था देखिन्छ त्यस कारण ट्राफिक नियमको पालना गर्न म यहाँहरूलाई अनुरोध गर्दछु ।
