Skin_Hospital_Dhn

विश्वकप क्रिकेट लिग—२ : पपुवा न्युगिनीसंग यूएई पराजित

काठमाडौँ ।
आईसीसी विश्वकप क्रिकेट लिग—२ को अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीसंग यूएई ५६ रनले पराजित भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनीले दिएको दुई सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४२ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १९० रनमा समेटियो ।

युएईका लागि आर्यान लाक्राले ५१ रनको योगदान दिए । तेस्तै कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सीपी रिजवानले समान १९/१९ रन बनाए ।

पपुवा न्युगिनीका राईली हेकुरेले तीन तथा असद भाला र कबुवा मोरियाले समान दुई/दुई विकेट लिए । सिमो कमिया र नर्मन भानुवाले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको पपुवा न्युगिनीले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४६ रन बनाएको थियोे । पपुवा न्युगिनी लागि सेसे बाउले ८१ रनको योगदान दिए भने किप्लीन डोरिगाले ५५ तथा हिरी हिरीले ७७ रन जोडे ।

युएईका लागि आयान खानले तीन विकेट लिए भने जुनेद सिद्धिकी र जाहोर खानले समान दुई/दुई विकेट लिए । कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान एक/एक विकेट लिए ।

सम्बन्धित
Loading...