Skin_Hospital_Dhn

कैलालीमा ८० प्रतिशत मानिसले खाए हात्तीपाइलेको औषधि

धनगढी ।
कैलाली जिल्लाको कुल जनसङ्ख्याको ८० प्रतिशत मानिसले हात्तीपाइलेको औषधि सेवन गरिसकेका छन् । स्वास्थ्य कार्यालय कैलालीका अनुसार हालसम्म आठ लाख ८० हजार छ सय ४७ जना मध्ये सात लाख ४२ हजार २०७ जनाले हात्तीपाइलेको औषधि सेवन गरिसकेका हुन् ।

जिल्लाको कुल जनसङ्ख्या नौ लाख २६ हजार आठ सय ८८ जनसङ्ख्या रहेकोमा दुई वर्षमुनिका बालबालिका २७,५५५, गर्भवती महिला १३,६८६ र सिकिस्त बिरामी करिब ५,००० बाहेक सबैलाई हात्तीपाइलेको औषधि खुवाउने लक्ष्य राखेको थियो ।

त्यस्तै हालसम्म धनगढी उप—महानगरपालिकामा १,६३,३०६ जनाले, कैलारी गाउँ पालिकामा ४१,००४ जनाले, भजनि नगरपालिकामा ४४,२४७ जनाले, टिकापुर नगरपालिकामा ८०,२३६ जनाले, जोशीपुर नगरपालिकामा ३०,४५० जनाले, जानकी गाउँ पालिकामा ३७,२३७ जनाले, लम्की चुहा नगरपालिकामा ७३,३८१ जनाले, बर्दगोरीया गाउँ पालिकामा ३३,१९७ जनाले, घोडाघोडी नगरपालिकामा ६५,७८२ जनाले, गौरीगङ्गा नगरपालिकामा ५३,२०३ जनाले, गोदावरी नगरपालिकामा ८३,७३५ जनाले, चुरे गाउँ पालिकामा १७,६४५ जनाले र महोन्याल गाउँ पालिकामा १८,७८४ जनाले हात्तीपाइलेको औषधि खाइसकेको स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ ।

अब जिल्लामा औषधि खान वाकी रहेका एक लाख ३८ हजार चार सय ४० जनालाई पनि सरकारले थप गरेको पाँच दिन भित्र खुवाइ सक्ने बताइएको छ ।

Loading...