

डोटी ।
डोटीको एक होटलमा आगलागि भएको छ । जिल्लाको दिपायल पिपल्ला बजारस्थित आज (शुक्रबार) साँझ ७ बजे चाउमिन पकाउने क्रममा ग्यास लिक भएर मनकामना होटलमा आगलागी भएको हो ।
आगलागीबाट होटलको भान्सा तथा काउन्टरमा रहेका पुरै सामान जलेर नष्ट भएको छ । होटलसँगै जोडिएको गिताञ्जली सुनचाँदी पसलमा पनि आगोले छोएको थियो । समयमै आगो नियन्त्रणका लागि स्थानीय खटिएपछि थप क्षती हुनबाट बचेको छ ।
