
धनगढी ।
कैलालीमा अवैध लागू औषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनगढी उप—महानगरपालिका—९ बङग्राकटानबाट अवैध लागू औषधसहित उमेश रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोस्ट जुगेडा र बीओपी बङग्राकटानबाट संयुक्त रूपमा खटिएको प्रहरीले धनगढी उप—महानगरपालिका—९ बङग्राकटानबाट सोही उपमहानगरपालिका—८ धनगढी गाउँ बस्ने २८ वर्षीय उमेश रानालाई जाँच गर्ने क्रममा २ सय २० मिलिग्रामसहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
