Skin_Hospital_Dhn

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनका शीर्ष तहका नेताहरुको बैठक बस्दै

काठमाडौँ ।
सत्ता साझेदार गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । आज (शनिबार) उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनका शीर्ष तहका नेताहरुको बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज मनोनयन दर्ताको समय तालिका छ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने भनेपछि गठबन्धनका दलहरूले आपत्ती जनाएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको बताइएको छ ।

सम्बन्धित
Loading...