यूएई १ सय ७७ रन अन्तरले पराजित, नेपालले ओडीआई मान्यता जोगायो

काठमाडौँ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालसंग यूएई १ सय ७७ रनको विशाल अन्तरले पराजित भएको छ ।

Gaurishankar Dental

यो जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको छ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केबल ७१ मा समेटियो । नेपालका लागि ललित राजवंशीले ५ विकेट लिए ।

त्यसैगरी, सन्दीप लामिछानेले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बलमा ७७ रन बनाए । त्यसैगरी, आरिफ शेखले ५२ बलमा ४३ रन बनाएका थिए ।

DHN_Aaglagi
सम्बन्धित
Loading...