Skin_Hospital_Dhn

आइसिसी यु—१९ विश्वकप छनोट भएका खेलाडीलाई पुरस्कार दिने सुदूरपश्चिम सरकारको घोषणा

धनगढी ।
सुदुरपश्चिम प्रदेश सरकारले आइसिसी यू–१९ विश्वकप छनोटमा उल्लेखनीय योगदान पुर्याएका सुदुरपश्चिम प्रदेशका ५ जना खेलाडी र अफिसियल हरुलाई प्रोत्साहन स्वरुप नगत सहित सम्मान गर्ने सुदुरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णय गरिएको छ । युएई मा २०२३ मार्चमा सम्पन्न भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाली यू–१९ क्रिकेट टिम सहभागी भई पाँच वटै खेलमा जित हासिल गरि समुह बिजेता बन्दै श्रीलंकामा हुने आइसिसी यू–१९ विश्वकप २०२४ मा पुर्याउन उल्लेखनीय योगदान दिएका सुदुरपश्चिम प्रदेशका ५ जना खेलाडी र अफिसियल हरुलाई प्रोत्साहन स्वरुप नगत सहित सम्मान गर्ने भएको हो ।

मुख्यमन्त्रीको सचिवालयका अनुशार सुदुरपश्चिम प्रदेशका ५ जना खेलाडी र अफिसियल हरुलाई प्रोत्साहन स्वरुप प्रति खेलाडी जनहि १ लाख र अफिसियल प्रति ५० हजारका दरले सम्मान र सुदुरपश्चिम प्रदेश सरकार को लोगो सहितको जर्सी उपलब्ध गरी खेल र खेलाडी को उच्च सम्मान गर्दै सुदुरपश्चिम प्रदेश सरकार का मुख्यमन्त्री कमल बहादुर शाहद्वारा पुरस्कार वितरण का लागि रकम विनियोजन गरिएको छ ।

सम्मानित हुने खेलाडीहरु
आकाश चन्द कन्चनपुर
दिपक बोहरा वैतडी
मिलन बोहरा कन्चनपुर
हेमन्त धामि कन्चनपुर
दिपक बोहरा डडेलधुरा

सम्मानित हुने अफिसियलहरु
जगत टमट्टा कैलाली (हेडकोच)
धिरेन्द्र चन्द वैतडी (सहायक कोच)
विक्रम विष्ट कैलाली (टिम म्यानेजर)
पुरन तिरुवा कैलाली (टिम फिजियो)

सम्बन्धित
Loading...