
जुम्ला ।
जुम्लामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा हिजो (शनिवार) दिउँसो एक पुरुष पक्राउ परेका छन् । जिल्लाको तिला गाउँपालिका—४ नुवाकोटमा आफ्नै २१ वर्षीया श्रीमती ममता नेपालीको हत्या गरेको अभियोगमा हिजो ४७ वर्षीय आइते सार्की पक्राउ परेका हुन् ।

आइतेले ममता नेपालीलाई हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुंडारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
