Skin_Hospital_Dhn

विश्वकप लिग–२ : नेपालले आज पपुवा न्यूगिनीको सामना गर्दै

काठमाडौं ।
नेपालले आज पपुवा न्यूगिनी (पिएनजी) को सामना गर्दैछ । आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम श्रृंखलामा नेपाल र पिएनजीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

सिरिजमा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । जारी श्रृंखलाको पहिलो खेलमा नेपालले पिएनजीलाई ५५ तथा दोस्रो खेलमा यूएईलाई १७७ रनले हराएको थियो । नेपाल पिएनजीविरुद्ध पनि जित निकाल्दै शीर्ष तीनमा स्थान बनाउँदै सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवितै राख्न चाहन्छ ।

अब दुई खेल जिते नेपाल विश्वकप छनोटमा पुग्नेछ । नेपाल अहिले ३४ खेलबाट ३६ अंकका साथ तालिकाको चौथो स्थानमा छ । टोलीले अहिलेसम्म ३४ मध्ये १७ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँडेको छ ।

पुछारमा रहेको पिएनजीले ३४ खेलबाट ९ अंक जोडेको छ । उसले अहिलेसम्म ५ मा जित, २८ मा हार तथा एक खेलमा अंक बाँडेको छ ।

सम्बन्धित
Loading...