
काठमाण्डौं ।आफ्नो गृह जिल्लाका एक बिरामीको अवस्था बुझ्न सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही काठमाडौं पुगेका छन् ।
आर्थिक मामिला मन्त्री नरेश कुमार शाही उपचारत गौतम थापाको अवस्था बुझ्न अस्पताल पुगेका हुन् । काठमाण्डौं स्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ट ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहनुभएका थापाको अवस्था बुझ्न मन्त्री शाही आइतबार त्यहाँ पुगे ।

बाजुराको बडिमालिका नगरपालिका ९ बस्ने ४ बर्षिया थापा उपचाररत अस्पतालमा पुगी उनले बिरामीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । मुटु रोगको उपचारका लागि अस्पताल भर्ना भएका थापा अस्पतालको ६ सय १७ बेडमा उपचाररत छन् । आइतबार बिरामीको अवस्था बुझ्न अस्पताल पुग्नुभएका मन्त्री शाहीले थापाको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको बताए ।

आर्थिक अभावका कारण समयमा उपचार गर्न नपाउँदा अवस्था जटिल बन्दै गएको अवस्थामा मन्त्री शाहीले बिरामीको उपचार अस्पतालले निःशुल्क गर्ने व्यवस्था मिलाइएको बताए । उनले बिरामी र गार्जेनको यातायात खर्चका लागि सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गर्ने समेत बताए । जिल्ला अस्पताल बाजुराको शैयामा छटपटी रहेका गौतमको विभिन्न सञ्चार माध्यम समाचार प्रकाशन पश्चात् उपचारको व्यवस्था मिलेको हो ।
अभिभावक सँग पैसा नहुँदा जिल्ला अस्पताल बाजुराको शैयामा मृत्यु सँग जुधिरहेका थापाको उपचारमा समस्या भएको थियो । ४ वर्षीय गौतमको मुटुमा समस्या भएर दुई ओटा भल्भ फेर्नुपर्ने अवस्थामा बाजुरामा उपचार सम्भव नहुँदा पत्रकार प्रकाश सिंहको पहलमा काडमाण्डौं लगिएको हो । लामो समय जिल्ला अस्पताल बाजुरामा उपचाररत थापाको अवस्था जटिल बन्दै गए पछि थप उपचारका लागि काठमाण्डौं पुर्याएको हो ।
हाल गौतमको उपचार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ । आफन्तले गत असोज महिना गौतमलाई उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा लगेका थिए । तर पैसा नहुँदा उपचार विना फिर्ता ल्याएको बुवा हिमालले बताए । उनले असोजमा काठमाडौँ लगेर पैसा नभएकै कारण फिर्ता ल्याइएको बताए ।
बाजुरामा उपचार सम्भव नभए पछि काठामण्डौं लिनु पर्ने अवस्थामा आर्थिक अभाव हुँदा समयमा उपचार गर्न नसकिएको उनले बताए । बिरामी गौतमको अवस्था जटिल बन्दै गए पनि आर्थिक समस्याका कारण थप उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन नसकिने अवस्थामा लामो समय सम्म गौतम जिल्ला अस्पताल बाजुरामा मृत्यु सँगै लडिरहेका थिए ।
