Skin_Hospital_Dhn

विश्वकप लिग–२ : नेपालसंग पपुवा न्युगिनी पराजित

काठमाडौंँ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाइ नेपालले पराजित गरेको छ । आज (सोमबार) भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेका हो ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर ४ बलमा एक विकेट गुमाउँदै १०० रन बनायो ।

नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । २१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । त्यस्तै कुशल मल्लले १२ रन बनाए । पीएनजीका लागि काड सोपरले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रन बनाएको थियो । पीएनजीका लागि असाड भालाले सर्वाधिक २० रन बनाए । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए ।

१० ओभर बलिङ गरेका सन्दीपले १ मेडेन ओभरसँगै २५ रन खर्चे । नेपालका लागि ललित राजवंसी र कुशल मल्लले दुई–दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपालले लिग–२ मा ३५ खेलबाट ३८ अंक जोडेको छ । पराजित पीएनजीले ३५ खेलबाट ११ अंक जोडेको छ । नेपालले अब एक खेलमा जित निकाल्न सकेमा सोझै विश्वकप छनोट खेल खेल्न पाउनेछ ।

सम्बन्धित
Loading...