
धनगढी ।
धनगढी उप—महानगरपालिकाले देशकै उत्कृष्ट उप—महानगरको अवार्ड पाएको छ । नेपाल नगरपालिका संघले ३० औं बर्ष प्रवेश गरेको अवसरमा धनगढी उप—महानगरपालिकालाई उत्कृष्ट सहरको उपाधि दिएको हो ।
आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उप—महानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गरेका छन् ।


धनगढीले संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेका कारण उत्कृष्ट नगरपालिका अवार्डका लागि छानिएको नेपाल नगरपालिका संघले जनाएको छ ।
आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उप—महानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई उत्कृष्ट नगरपालिकाको अवार्ड प्रदान गरेका हुन् ।
नेपाल नगरपालिका संघ २०५० मा सबै नगरपालिकाको प्रतिनिधि संगठनको रुपमा स्थापना भएको संस्था हो र यसले नगरपालिकाका साझा समस्या र अधिकारको वकालत गर्दै आएको छ ।
