आजको मौसमः पहाडी भु—भागमा वर्षाको सम्भावना

काठमाडौं ।
हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू—भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू—भागमा आंशिक बदली रहने छ।

देशका पहाडी भू—भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशलगायत तराईका एक दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू—भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू—भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित
Loading...