Skin_Hospital_Dhn

योजना छनोटमा एकलौंटी भएको भन्दै जगन्नाथ गाउँपालिका चारको वडा कार्यालयमा तालावन्दि

बाजुरा ।
बाजुराको जगन्नाथ गाउँपालिका वडा नं चारको वडा कार्यालयमा आज (मंगलबार) तालावन्दि गरीएको छ । नेपाली काग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र गरी तिन वटा पार्टीले संयुक्त तालावन्दी गरेका हुन ।

गाउँपालिका तथा वडा कार्यालयबाट छनोट गरीने योजनामा एकलौंटी भएको र उपभोक्ता समितिमा पार्टीगत भए पछि वडा कार्यालयमा तालावन्दि गर्नुपरेको नरी बुढाले जानकारी दिएका छन् । उनले स्थानियको नजिकको सरकार मानिने स्थानिय तहले योजना छनोट गर्दा र उपभोक्ता समिति गठन गर्दा आफ्ना पार्टी र आफन्तलाई छनोट गर्ने गरेको आरोप लगाए । समावेसि तरीकाले योजना छनोट र आम नागरीकबाट उपभोक्ता समिति गठन गर्नु पर्ने भए पनि जगन्नाथ गाउँपालिका तथा वडा कार्यालयले एकलौंटी रुपमा योजना छनोट गर्ने गरेको र उपभोक्ता समितिमा पनि एकलौंटी गर्ने गरेकाले वडा कार्यालय तालावन्दी गर्नु परेको उनले बताए ।

योजना संगै अन्य रोजगारीका कार्यक्रममा पनि आफुहरुलाई समावेश नगरीएको प्रति उनले दुखेसो ब्यक्त गरे । वडा नं चारका वडाअध्यक्ष छक्क भण्डारीले वडा कार्यालयबाट नागरीकलाई सेवा उपलब्ध नगराई गाउँपालिकाको केन्द्र जुड्डीबाट सेवा दिने गरेको आरोप लगाए । जुड्डीमा होटल ब्यवसाय सञ्चालन गरेका वडाअध्यक्ष भण्डारीले वडा कार्यालयबाट उपलब्ध हुने सेवा सुविधा होटलबाटै दिने गरेका स्थानियको आरोप छ ।

स्थानियले सहज तरीकाले वडा कार्यालयबाट सेवा पाउनु पर्ने भए पनि घण्टौ हिनेर जुड्डीबाट सेवा दिनु परेकाले असहज र असुविधा भएको उनले बताएका छन् । उनले स्थानियका माग सम्वोधन नभए सम्म तालावन्दी जारी रहने बुढाले बताएका छन् । यता वडाअध्यक्ष भण्डारी संग टेलीफोन सम्पर्क गर्दा वडा कार्यालयमा किन तालावन्दी गरीएको भन्ने वारे आफुलाई कुनै जानकारी नभएको बताए ।

Loading...