Skin_Hospital_Dhn

सुनको भाउ १६ सयले बढ्यो

काठमाडौँ ।
आज (मंगलबार) सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (मंगलबार) छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजाबी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।

सम्बन्धित
Loading...