
धनगढी । धनगढी उप-महानगरपालिका द्वारा विमानस्थल जाने सडक देखि गोदावरी नगरपालिकाको सिमा सम्म सूर्य नेपाल प्रा।ली। को सहयोगमा ४१५ बिरुवा गरी जम्मा ३५०५ बिरुवा रोप्ने कार्य सम्पन्न भएको थियो । जसमा कैलाली भन्सारदेखि गेटा विमानस्थल जाने सडक सम्म छ लेन सडकको मिडियामा ३०९० विभिन्न जातका बिरुवाहरू रोपिएका थिए ।

हिजो (सोमबार )राती धनगढी उप९महानगरपालिका छ लेन सडक खण्डको त्रिभुवन चोक नजिक ७ वटा बोट बिरुवा चोरी भएको धनगढी उप-महानगरपालिकाले जनाएको छ ।

हाम्रो धनगढी हामी बनाउँछौ भनी लागि परेका बेला यस्तो अनैतिक गर्ने प्रति दुखी हुँदै मेयर गोपाल हमाले भने ‘उक्त कार्य गर्ने व्यक्तिलाई चिन्नु हुनुहुने आमाबुवा, दाजुभाइ, दिदीबहिनी सम्पर्क न. 9858488895 मा जानकारी गरी सहयोग गर्नु हुन अनुरोध गर्दछु, साथै बिरूवाहरूलाई हुकाउने, बचाउने र सरक्षण गर्ने कार्यमा सहयोग गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गर्दछु’ ।
