आजको मौसमः तिन प्रदेशका पहाडी भू–भागमा मेघ गर्जनचट्याङ्ग सहित हल्का वर्षा हुने

Kanun123

काठमाडौँ ।
हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भू—भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Kailali_mahotsab
सम्बन्धित
Loading...