Skin_Hospital_Dhn

रोनाल्डो आबद्ध अल नासर क्लब किङ्स कपको सेमिफाइनलमा

काठमाडौँ ।
किङ्स कपको सेमिफाइनलमा क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासर क्लब प्रवेश गरेको छ ।

घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले पराजित गर्दै क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले सेमिफाइनलमा प्रवेश गरेको हो ।

हिजो (मंगलबार) राति एमआरसुल पार्क रियादमा भएको खेलको पहिलो मिनेटमा नै अल नासरका सामी अल नाजेईले गोल गर्दै क्लबलाई १–० को अग्रता दिलाए ।

२१औं मिनेटमा अब्दुल्लाह अल्खाईवारीले अर्को गोल गरेपछि अल नासरले पहिलो हाफमा नै २–० को अन्तरले अग्रता लियो ।

पहिलो हाफको ४९औं मिनेटमा मोहम्मेद मरनले गोल गरेपछि अल नासर जिततर्फ अग्रसर बन्यो तर ६९औं मिनेटमा अभाका अब्देल फटाह एडामले जवाफी गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए।

त्यसपछि गोल हुन नसके पनि अल नासरले ३–१ को जीत हासिल गर्दै सेमिफाइनलको यात्रा तय गर्न पुग्यो ।

सम्बन्धित
Loading...