टीयू दोस्रो र तेस्रो टपर भए एसपीएका विद्यार्थी

धनगढी ।
धनगढीको एसपीए कलेजमा बीएचएमका अध्ययनरत् दुई विद्यार्थी सर्वोत्कृष्ट नतिजासहित विश्वविद्यालय दोस्रो र तेस्रो भएका छन् ।

त्रिभुवन विश्वविद्यालय (टीयू)ले यसैवर्ष श्रावणमा लिएको बीएचएम पहिलो सेमिष्टरको परीक्षामा उनीहरु विश्वविद्यालयकै दोस्रो र तेस्रो भएका हुन् । सोमबार प्रकाशित नतिजा अनुसार देउमती चौधरी र एनी श्रेष्ठ क्रमशः टीयू दोस्रो र तेस्रो भएका हुन् । देउमतीले ३.९२ जिपिए र एनीले ३.९१ जिपिए ल्याएकी छिन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

‘यस नतिजाले शैक्षिक क्षेत्रमा एसपीए पुनः एकपटक अब्बल रहेको प्रमाणित गरेको छ,’ बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले भने, ‘विद्यार्थीको अविरल मिहिनेत, अध्यापक तथा कलेजको साथ सहयोगले यो सम्भव भएको हो । आगामी दिनमा सम्पूर्ण विद्यार्थीहरुको अझै प्रगतिको कामना गर्दछौं ।’

विश्वविद्यालय दोस्रो भएकी विद्यार्थी देउमतीले निरन्तरको लगाव र अध्यापक तथा परिवारको साथ सहयोगले सफलता मिलेको बताइन् ।

Gaurishankar Dental

‘निरन्तरको मिहिनेतले यो सफलता मिलेको हो । गुरुवर्ग, साथीभाई र परिवारले पनि पढ्नमा साथ दिनुभयो,’ देउमतीले भनिन्, ‘मुख्यकुरा त एसपीएमा बीएचएम पढाई किताबमा मात्रै सीमित छैन । हामीले पढेका कुराहरु व्यवहारमै अभ्यास गरिरहेका छौं ।’

सुदूरपश्चिममा बीएचएमका लागि आफ्नै छुट्टै आधुनिक सम्पूर्ण स्रोत साधानयुक्त ल्याब, किचेन, बेकरी, बार, रेस्टुरेन्ट, हाउस किपिङ भएको एकमात्रै शैक्षिक संस्था एसपीए हो ।

बीएचएमलाई लक्षित गरि कलेजले आफ्नो छिट्टै ब्रेडबक्स–द बेकरी क्याफे समेत सञ्चालनमा ल्याएको छ । जहाँ विद्यार्थीहरु सिकेका कुराहरु ब्यवहारमा उतार्नुका साथै रोजगारी समेत गर्ने गर्छन ।

क्याम्पस प्रमुख योगराज उपाध्यायले गुणस्तरीय शिक्षाका लागि एसपीए पर्यायवाची शब्द जस्तै भइसकेको बताए ।

‘हामीले आफ्ना विद्यार्थीलाई अब्बल बनाउँन कुनै कसुर बाँकी राखेका छैनौं । यसरी विश्वविद्यालयमै हाम्रा विद्यार्थी अब्बल ठहरिनु त्यसैको परिणाम हो,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘टपर हुनुभएका दुबै जनासहित उत्तीर्ण हुनुभएका सम्पूर्णलाई हार्दिक बधाई दिन चाहान्छु । आगामी दिनमा उहाँहरुको उज्ज्वल भविष्यको कामना गर्दछु ।’

एसपीएमा बीएचएम अध्ययनरत् विद्यार्थीहरु विदेशका फाइभस्टार होटलहरुमा पेड इन्टर्नसिपमा समेत धमाधम छनौट भइरहेका छन् । अघिल्लोहप्ता मात्रै एसपीएकी सिर्जना खड्का अमेरिकाको होटल हायातमा मासिक दुई लाख बढी पारिश्रमिक पाउने गरि इन्टर्नसिपमा गई सकेकी छिन् । यस्तै बीएचएमका विद्यार्थीहरु बहराईन, कतार, मलेसिया, दुबई, माल्दिभ्स, भारत तथा नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा कार्यरत छन् ।

DHN_Aaglagi
सम्बन्धित
Loading...