Skin_Hospital_Dhn

धनगढीमा एकल लोक गायन प्रतियोगिता हुने

धनगढी ।
धनगढीमा यही चैत ४ गते सुदूरपश्चिम प्रदेश एकल लोक गायन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्य समिति र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा सुदूरपश्चिम प्रदेश स्तरीय एकल लोक गायन प्रतियोगिता हुने भएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्य समितिका अनुसार “नव प्रतिभाको पहिचान, लोक संस्कृति संरक्षणका लागी हाम्रो अभियान” भन्ने मूल नाराका साथ प्रदेश भरिकै लोक कला संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन झाकि प्रदर्शन सहित प्रदेश स्तरीय एकल लोक गायन प्रतियोगिता कैलाली जनपुस्तकालयको हलमा हुने भएको हो ।

सुदूरपश्चिमको मौलिक लोक कला जोगाउनका लागि एकल लोक दोहोरी प्रतियोगिता गर्न लागेको प्रतिष्ठानका प्रदेश अध्यक्ष पूर्ण भाटले बताए । उनले भने, ‘समाजका कुना कन्दरामा लुकेका कला प्रतिभालाई अगाडि ल्याउने हाम्रो उद्देश्य हो ।’ जसले कला हुँदाहुँदै पनि स्टेज पाएका छैनन् त्यस्ता लुकेर रहेका प्रतिभालाई स्थान दिने प्रतियोगिता भएको उनले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले ट्रफी, प्रमाणपत्रसहित क्रमशः २५ हजार, २० हजार र १५ हजार पुरस्कार प्राप्त गर्ने तथा सान्त्वना पुरस्कार प्रमाणपत्रसहित १० हजार रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित
Loading...