Skin_Hospital_Dhn

उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न बसेको गठबन्धनको बैठक निष्कर्षबिहिन

काठमाडौं ।
उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न बसेको १० दलको बैठक विनानिष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बुधबार) साँझ बसेको बैठक भोलि (बिहीबार) बस्ने गरी टुंगिएको माओवादी केन्द्रका उप—महासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

‘छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा धारणा बनाइने छ,’ बैठकपछि नेता बस्नेतले भने, ‘छुट्टाछुट्टै छलफल गरेर आवश्यकताअनुसार समूह—समूहमा छलफल गर्ने भन्ने भएको छ ।’

शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि गठबन्धनबाट ३ र एमाले तर्फबाट १ उम्मेदवार छन् ।

सम्बन्धित
Loading...