आजको मौसमः कुन—कुन प्रदेशमा छ वर्षा ?

काठमाडौँ ।
हाल मुलुकमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

Kanun123

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू—भागका थोरै स्थानहरू तथा तराई भू—भागका एक—दुई स्थानमा अपराह्नतिर चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू—भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने महाशाखाले जनाएको छ ।

Kailali_mahotsab
सम्बन्धित
Loading...