
काठमाडौं ।
विश्वकप क्रिकेट लिग—२ अन्तर्गतको अन्तिम खेल आज (बिहीबार) घरेलु टोली नेपाल यूएईसँग खेल्दैछ । नेपाल विजय भए एक दिवसीय क्रिकेटको विशवकप छनोट खेल्न पाउने छ ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहान ९ बजेदेखी सुरु हुने खेलमा नेपालका लागि जीत अनिवार्य छ । यसअघि नेपालले यूएईलाई दुई पटक पराजित गरिसकेको छ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । नेपाल पुनः यूएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा हुनेछ ।

गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले यूएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले दुई विकेट लिएका थिए।
सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेका थियो ।
घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा यूएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ।
लिग २ मा दोस्रो पटक यूएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुनः युएईसँग भिडन लागेको हो।
