Skin_Hospital_Dhn

विस्तारै विस्तारै [कविता]

  • सी.जी. ‘निर्मल श्री’

विस्तारै ! विस्तारै !!
कम हुँदै जानेछन्
कुराकानीका सिलसिला
कम हुँदै जानेछन्
भेटघाटका श्रृंखलाहरू

विस्तारै ! विस्तारै !!
दूरि बढ्दै जानेछन्
र यादहरु
स्वयम् कम हुँदै जानेछन्

विस्तारै ! विस्तारै !!
नयाँ जीवनका उचाई चुम्ने
तिम्रा अभिलाषाहरू
क्रमशः बढ्दै जानेछन्
सगर चुमिसकेका ती
तिम्रा सफलताले
हाम्रो पुराना स्मृतिहरु
धुलोझैं उडेर जानेछ
धुलोमै विलिन भएर जानेछ

विस्तारै  विस्तारै
ती हातहरुले भुल्नेछन्
यी हातहरुमा
तिमीले गरेका स्पर्शहरु
र श्वाँसले भुल्नेछ
सँगै लिएका
उध्र्वश्वाँसमा जोडिएका
सँगै जीउने, सँगै मर्ने
बाचा बन्धन र कसमहरु

विस्तारै ! विस्तारै !!
ति कानहरुले भुल्नेछन्
मेरा आवाज र मेरा स्वरहरु
ति ओठहरुले भुल्नेछन्
हजारौं पटक उच्चारण गरेका
मेरै नामको आवाजसमेत
निस्किन बन्द हुनेछन्
तिम्रा मधुर कण्ठहरुबाट

विस्तारै विस्तारै
हामीद्धारा बनाइएका
सपनाका पहाडहरु
मरुभूमि बन्नेछ
तिम्रा लागि सपनामा
बनाइएका दरबार
जुन तिमीले
आफ्नोलागि बनाइएको
ताजमहल भन्ने गथ्र्यौ
ति सबै बालुवाका परिणत हुनेछन्
तिनै भवनका
कौशी र अट्टालिकाभित्र
बर र पीपल उम्रिदै जानेछन्
तिनै उम्रिएका
बर र पीपलले समेत
तिम्रोलागि बनाइएका
सपनाको ताजमहलसमेत्
विस्तारै विस्तारै
खण्डहरमा परिणत हुँदै जानेछ

विस्तारै ! विस्तारै !!
एवम् रितले
तिम्रो र मेरो सम्बन्ध
विलिन् हुनेछ सायद
तिम्रा जीवनमा
मेरो स्मृतिका पानाहरु
धुमिल हुँदै जानेछन्
कालखण्ड
त्यति टाढा छैन सायद

विस्तारै विस्तारै
बिर्सनेछौ मेरा हरेक
स्मृतिका यादहरु
र रहने छैनन्
खण्डहर भएका
कुनैपनि स्मृतिहरु
सँधैं र सँधैंका लागि
नामेट हुनेछन्
विस्तारै  विस्तारै
विस्तारै ! विस्तारै !!

(आखिर ! जीवन के नै छ र ? बिस्तारै बिस्तारै बिर्सने क्रमहरुको श्रृंखला मात्र हो जीवन)

चतुर्भुज गौतम

टीकापुर १, कैलाली
हाल : काठमाण्डौं
सम्पर्क : ९८५८४२२६८८)

सम्बन्धित
Loading...