Skin_Hospital_Dhn

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार एक जनामा सहमति खोज्न बैठक बस्दै

काठमाडौँ ।
सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार एक जनामा सहमति खोज्न आज (बिहीबार) बैठक बस्ने भएको छ । हिजो बेलुकी बसेको गठबन्धनको बैठकमा उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति नजुटेपछि आज फेरि बैठक बस्न लागेको हो ।

गठबन्धनबाट जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा उपराष्ट्रपतिको उम्मेदवार रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजी रहेका छन् ।

नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिमा अघि सारेको छ।

सम्बन्धित
Loading...