Skin_Hospital_Dhn

सुदूरपश्चिममा अटोर्‍याली र अटोक्रस आयोजना गरिँदै

धनगढीः सुदूरपश्चिममा आउँदो फागुन १६ र १७ गते अटोर्‍याली र अटोक्रस आयोजना गरिने भएको छ। सुदूरपश्चिम अटोमोबाइल्स संघको आयोजना र खेलकुद परिषद्को सहयोगमा धनगढीको शिवपुरी धामदेखि डडेल्धुराको परशुराम धामसम्म ५० भन्दा बढी कार र जीप सहभागी हुनेछन्।

संघका अध्यक्ष पुष्कर ओझाका अनुसार धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित र्‍यालीका विजेताले क्रमशः ८१ हजार, २७ हजार, र ९ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। सम्पूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

र्‍यालीकै क्रममा दोधारा चाँदनीमा अटोक्रस आयोजना गरिनेछ। अटोक्रसमा  र्‍यालीमा २० सवारी चालकलाई सहभागी गराइने अयोजनकले जनाएको छ।

जुनसुकै क्षमता तथा डिजाइनका निजी कार र जीपलाई र्‍यालीमा समावेश गराइनेछ भने अटोक्रसमा हजारदेखि ४६ सय सिसीसम्मका कार मात्र हुनुपर्ने अध्यक्ष ओझाले बताए।आयोजनामा करिब १७ लाख ५ हजार खर्च हुने अनुमान छ।

 

 

सम्बन्धित
Loading...