Skin_Hospital_Dhn

धनगढीमा बुधबारबाट राष्ट्रपति रनिङ शिल्ड, ११ सय बढी विद्यार्थी सहभागी हुँदै

धनगढी: कैलालीको उपमहानगरपालिका धनगढीमा बुधबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ। भोलि पुस २४ गतेदेखि सुरु हुने १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनगढी रङ्गशालामा हुने उपमहानगरपालिकाले जनाएको छ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर उपप्रमुख कन्दकला कुमारी रानाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र सङ्घीय सरकारको नियमित खेलकुद कार्यक्रमसँगै नगरले पनि खेलकुद क्षेत्रको विकासका लागि कार्यक्रमहरू अघि बढाइरहेको बताइन्। उनका अनुसार यसपटकको राष्ट्रपति रनिङ शिल्डमा एक हजार १५३ खेलाडी विद्यार्थी सहभागी हुनेछन्।

प्रतियोगितामा २६ सामुदायिक विद्यालयबाट ८४० जना र संस्थागत १५ विद्यालयबाट ३१३ जना खेलाडी विद्यार्थी सहभागी हुने जनाइएको छ। यो पटक ६ वटा विधाको ५२ वटा इमेन्टमा खेलहरु खेलाइने उपप्रमुख रानाले बताइन्।

राष्ट्रपति रनिङ शिल्डमा यो पटक भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट, तेक्वान्दो र उसुतर्फका इभेन्ट हुने भएका छन्। प्रत्येक विधामा छात्र र छात्राले अलग–अलग प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न संघीय सशर्त अनुदानतर्फ बजेट नरहे पनि उपमहानगरले आफ्नै आन्तरिक तर्फबाट ८ लाख विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ।

सम्बन्धित
Loading...