
धनगढी: कैलालीको धनगढीमा रहेको चियाकफी दरबारको निसौंसे काटेर जन्मदिन मनाउने संस्कार बढ्दै गएको छ। रैथाने स्थानीय परिकार निसौंसे काटेर जन्मदिन मनाउने बढ्दै गएका हुन्।
चिया कफी दरबारका सञ्चालक खेमराज जोशीका अनुसार जन्मदिन मनाउनका लागि फौने माडो लैजाने गर्छन्। पछिल्लो समयका युवापुस्ता केक काट्न छाडेर निसौंसे काट्ने गरेका छन्।


धनगढीमा विगत चार वर्षदेखि मट्का चियाले प्रसिद्ध चियाकफी दरबारले आफ्नो तेस्रो शाखा पनि विस्तार गरिसकेको छ। पछिल्लोपटक चिया कफी दरबारले धनगढीको मुख्य व्यावसायिक क्षेत्र एलनचोकमा शाखा विस्तार गरेको छ।
चार वर्षअघि मालपोत रोडमा देश कोरोनासँग जुधिरहेको बेला निजामती कर्मचारी जोशीले चिया कफी दरबारको कल्पना गरी उद्घाटन गरेका थिए।
त्यसैगरी एकवर्ष अगाडि मात्रै धनगढीकै रातो पुलमा चिया कफी दरबारको शाखा विस्तार गरे यसरी निरन्तर ग्राहकको मन जित्न सफल भएको चियाकफी दरबारले एलनचोकमा समेत मट्का चिया, रैथाने स्थानीय परिकार निसौंसे, कोदाको रोटी, मकैको रोटी, ताजा जोराइली चामलको भातलगायतका परिकारलाई प्रवर्द्धन गर्दै आएको छ।
