Skin_Hospital_Dhn

दार्चुलामा २० वटा खरको थुप्रोमा आगलागी

दार्चुलाः दार्चुलामा २० वटा खरको थुप्रोमा आगलागी भएको छ।

जिल्लाको दँहुँ गाउँपालिका–१ बिणका ४० वर्षीय पिताम्बर भट्टको १२ वटा खरको थुप्रो र ५० वर्षीय दुर्गादत्त भट्टको ८ वटा खरको थुप्रो गरी २० वटा खरको थुप्रोमा आगलागी भएको हो।

साथै काठको ५० वटा कडीमा समेत आगलागी भएको छ। सोमबार राति आगलागी हुँदा करिब ४ लाख ५० हजार मूल्यको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

सम्बन्धित
Loading...