
कञ्चनपुरः लागुऔषध चरेससहित कञ्चनपुरमाएक जना पक्राउ परेका छन्।

जिल्लाको दोधारा–चाँदनी नगरपालिका–२ हुनैनाथ टोलका ३९ वर्षीय सुन्दरसिंह साउँद ६० ग्राम चरेससहित मंगलबार दिउँसो पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले उनको पसलमा खोजतलासी गर्दा चरेस फेला परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
