Skin_Hospital_Dhn

पोखरीमा डुबेर डडेल्धुरामा बालिकाको मृत्यु

डडेल्धुराः पोखरीमा डुबेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको गाउँपालिका–२ कालापानी गाँउ बस्ने गणेश मालीको २ वर्ष ५ महिनाकी छोरी रिया मालीको डुबेर मृत्यु भएको हो।

बालिका आफ्नो घर नजिकै सिँचाईको लागि बनाएको पोखरीमा डुबेर घाइते भएकी थिइन्।

उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सम्बन्धित
Loading...