धनगढीमा खैरो हेरोइनसहित गोरे पक्राउ नयाँ सन्देश प्रकाशित मितिः २०८१ पुष २४, बुधबार ०९:०५ फाइल तस्विर धनगढीः धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१ बसन्तटोलबाट सोही ठाउँ बस्ने ३१ वर्षीय गोरे सुनार ५ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। सुनारलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको हो।