
काठमाडौँ: कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीविरुद्धको मुद्दा सर्वोच्चले दोस्रो पटक निसु सारेको छ। प्रधानन्यायाधीश संलग्न पाँच न्यायाधीशको इजलासले फैसला तयार नभएको भन्दै निसु सारेको हो।

सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्ने विवाद अधिवक्ता वसन्त जोशीले रिट दायर गरेका थिए। उक्त रिटमा बहस सकिएर निसु तोकिएको थियो।

बुधवार सर्वोच्च अदालतले फैसला सुनाउन भनी पेसी तोकिएको थियो। संवैधानिक इजलासमा क्यासिनोका विवाद सम्बन्धी मुद्दामा बहस भएका कारण आज फैसला हुन नपाएको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले चौधरीविरुद्धको रिट निवेदनमा निर्णय सुनाउने मिति फेरि सारेको हो।
