
धनगढी: कैलालीमा लागूऔषधसहित पाँच युवक पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका हुन्।

बुधवार धनगढी उपमहानगरपालिका – १ शिव नगरबाट स्थानीय १९ वर्षीय सुरज थापा ५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परे। बुधवार नै धनगढी उपमहानगरपालिका– ९ बङग्राकटानबाट स्थानीय २६ वर्षीय डम्बर ठगुन्ना १३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यस्तै बिहीबार बिहान धनगढी उपमहानगरपालिका–९ वडा कार्यालय नजिकबाट लागूऔषधसहित भीमदत्त नगरपालिका –१० का २६ वर्षीय तपेन्द्र पाली, भीमदत्त नगरपालिका– ९ का २५ वर्षीय महेश ओड र भीमदत्त नगरपालिका– १८ का २७ वर्षीय नवल बोहरा पक्राउ परको छन्।
सुपप्र ०२–००३ प ५२०६ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा मोटरसाइकलमा सवार तीन जनाको साथबाट १ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको बताइन्छ।
