
धनगढी: कैलालीको धनगढीमा अटो रिक्सामा बेहोस भएका एक व्यक्तिको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका– ४ मा डेरा गरी बस्ने ४६ वर्षीय भुवन खत्रीको मृत्यु भएको हो।

बिहीबार धनगढीको शहिदगेटदेखि चौराहातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८८७ नम्बरको अटोमा सवार खत्री अटोमै एक्कासी बेहोस भएका थिए।

उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले अटो चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी–३ बस्ने ४२ वर्षीया मन्जुरी खानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। खत्रीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
