
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक साँझ ७ बजे बालुवाटारमा बस्नेछ।

बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुनेछन्। नियमित बैठक सामान्यतया बिहीबार र सोमबार बस्ने भए पनि केही यता समयतालिकाअनुसार बस्न सकेको छैन।
