प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने
काठमाडौं ।
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विश्वासको मतका लागि संसद् सचिवालयमा प्रधानमन्त्रीको पत्र प्राप्त भएको छ ।
भोलि उपराष्ट्रपतिको निर्वाचन तोकिएको छ । विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने प्रचण्डको तयारी छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि संवैधानिक रुपमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो।