
धनगढीः कैलालीका प्रमुख जिल्ला अधिकारीका गोगनबहादुर हमालले जिल्लामा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण रहेको बताएका छन्। भारतसँगको खुला सीमानाका कारण कैलालीमा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण रहेको बताएका हुन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले खुला सीमाका कारण सीमानाका क्षेत्रमा घुसपैठ, चोरीडकैती हुने गरेको पनि बताए। उनले सो कार्य नियन्त्रणमा आफूहरू लापिरहेको पनि बताए।


जिल्लास्थित पत्रकारहरूबाट सकरात्मक सल्लाहसुझावको पनि अपेक्षा गरेको बताए। उनले पछिल्लो समय सबैको हातहातमा मोबाइल र नेट सेवा पुगेका कारण धेरै सूचनाहरू तोडमोड हुने भएकाले सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न उनले अनुरोध गरे।
हालै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको सुनसरी सरुवा भएपछि हमाल यहाँ आएका हुन्।
