
रोल्पा: रोल्पाको माडी गाउँपालिका-१ मा पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो सुन्तला बोकेर नेपालगन्ज जाँदे गरेको लु १ च ८६८७ नम्बरको भ्यान ब्रेक फेल भएर सडकदेखि करिब २० मिटरमुनि खसेको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार सो दुर्घटनामा माडी-१ भिताबाङका २० वर्षीय चालक हुकुम घर्ती मगरको च्यापिएर मृत्यु भएको छ।
यस्तै, भ्यानमा सवार ३ बालिका गम्भीर घाइते भएको बताइएको छ। घाइते हुनेमा त्रिवेणी गाउँपालिका-४ की १४ वर्षीया दिलमाया घर्ती मगर, १२ वर्षीया सरिता घर्ती मगर र त्रिवेणी-२ नुवागाउँकी ११ करुणा बाठामगर रहेका छन्।
उनीहरु पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागी भएर घर फर्कन लिफ्ट मागेर भ्यानमा चढेको बताइएको छ।
